काठमाडौं । दुई म्युचुअल फण्डको इकाइ मुल्य समायोजना भएको छ । एनएमबि क्यापिटल लिमिटेडका दुई फण्ड एनएमबि हाइब्रिड फण्ड–१ र एनएमबि ५० ले नगद लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो दुवै फण्डको इकाईमूल्य समायोजन गरेको हो ।
एनएमबि हाइब्रिड फण्ड–१ को २१.०५ प्रतिशत नगद लाभांश बापतको सोमबार नेप्सेले मुल्य समायोजना गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ९.७८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ११.८९ रुपैयाँमा भएको थियो ।
त्यस्तै, एनएमबि ५० को को २१.०५ प्रतिशत नगद लाभांश बापतको सोमबार नेप्सेले मुल्य समायोजना गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १०.४९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १२.६० रुपैयाँमा भएको थियो ।