images
images

शेयर बजारमा छलाङ, ५५ अंकले नेप्से बढ्दा २ अर्ब ४३ करोडको कारोबार


  • 376
    SHARES
  • २०७९ श्रावण ३० गते सोमबार

    शेयर बजारमा छलाङ, ५५ अंकले नेप्से बढ्दा २ अर्ब ४३ करोडको कारोबार

    काठमाडौं । केहि साता देखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने सुधार आएकाे छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.८८ अंकले बढेर २ हजार ६५ दशमलव ८९ विन्दुमा पुगेको छ । आज २ सय १५ स्क्रिपको २ अर्ब ४३ करोड रुपैयाँ बराबरको ६० लाख २६ हजार कित्ता शेयर किनबेच भएको छ ।आज कारोबार रकम पनि बढेको छ।

    साेमबार १ सय ८० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स समूहमा बढेको छ । यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको ५.३२ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले बढेको छ। 

    आज सवैभन्दा धेरै  शिवम् सिमेन्ट्सका  २१ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ । त्यस्तै, आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    सोमबार ३ कम्पनीको शेयर मुल्यमा सकारात्म सर्किट लागेको छ सकारात्मक सर्किट लाग्नेमा श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, राद्यी विद्युत कम्पनी रहेको छ । यस कम्पनीको १० प्रतिशतले बढेको छ भने रिभर फल्स पावर कम्पनीको ९.९९ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo