काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमवार छापावाला सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
आइतवार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ ।
त्यस्तै, सोमवार तेजावी सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १४ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।