images
images

अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न


  • 647
    SHARES
  • २०७९ श्रावण ३० गते सोमबार

    अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न

    काठमाडौं । अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आईपीओ आज बिहान कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटले आफ्नो कार्यलय नक्सालमा शेयर बाँडफाँट गरेको हो ।

    कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । यसरी बाँडफाँट गर्दा ९१ हजार ३ सय ७५ जना आवेदकले मात्रै शेयर पाएका छन् भने बाँकि आवेदकको  हात खाली भएको छ । 

    कम्पनीले कुल ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कुल कित्तामध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामूहिक लगानी कोष र १२ हजार ५ सय कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७ सय ५० कित्ता शेयर सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

     


    images
    images

    Logo