images
images

खप्तड लघुवित्तको आईपीओ भदौ ८ गतेदेखि


  • 359
    SHARES
  • २०७९ श्रावण ३० गते सोमबार

    खप्तड लघुवित्तको आईपीओ भदौ ८ गतेदेखि

    काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ भदौ ८ गतेदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । 

    कम्पनीले कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको छ। जसमध्ये २ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ भने  ६ हजार ६ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    सो आइपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo