images
images

मंसिर ३ सम्म १८ वर्ष पुगेका मतदाताले भोट हाल्न पाउने


  • 335
    SHARES
  • २०७९ श्रावण २९ गते आइतबार

    मंसिर ३ सम्म १८ वर्ष पुगेका मतदाताले भोट हाल्न पाउने

    काठमाडौं । निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन (मङ्सिर ३) मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुँदैछ ।

    आयोगको यही साउन २२ गतेको निर्णयबाट मतदाताले मतदानका लागि १८ वर्ष उमेर पुग्ने दिन (कट अफ डेट) निर्धारण भएको हो । यही साउन १९ गते आयोगको परामर्शमा नेपाल सरकारबाट निर्वाचन घोषणा भएको दिनसम्म मतदाता नामावलीमा नाम दर्ता खुल्ला गरिएको थियो ।

    नामावलीमा दर्ता भएका व्यक्तिमध्ये मिति २०७९ मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएकाले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

     


    images
    images

    Logo