काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता भएकाे छ । राष्ट्रपति कार्यलयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।
