काठमाडौं । रिडी पावर कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । रिडी हाइड्रोपावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनी एक आपसमा मर्जर भएर बन्नेकाे उक्त कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको हो ।
आइतबार साे कम्पनीको १ करोड १० लाख कित्ता ६३ हजार ५ सय ८० कित्ता शेयर सुचीकृत भएको नेप्सेले जनाएकाे छ। नेप्सेले उक्त कम्पनीकाे सुरुको कारोबारको लागि ७ सय ८ दशमलव ६० रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ ।