images
images

अब निर्वाचनमा उम्मेदवारी दिँदा सम्पति विवरण बुझाउनुपर्ने


  • 457
    SHARES
  • २०७९ श्रावण २९ गते आइतबार

    अब निर्वाचनमा उम्मेदवारी दिँदा सम्पति विवरण बुझाउनुपर्ने

    काठमाडौं । प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेदवारी दिने व्यक्तिले आफ्नो सम्पति बुझाउनुपर्ने भएको छ । आइतबार निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो जनाएको हो । 

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवार दिँदा आवश्यक पर्ने कागजका साथमा सम्पतिको विवरण समेत बुझाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए । 

    यसअघि आयोगले सम्पति विवरण माग्ने गरेको थिएन । सरकारमा नियुक्त भएका मन्त्रीले सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था भएपनि केहीले यसलाई अटेर गर्दै आएका थिए । उम्मेदवारी दर्ताकै क्रममा विवरण वुझाउनुपर्ने भएपछि अव सम्पति लुकाउने प्रवृति अन्त्य हुने अपेक्षा गरिएको छ । 

    आयोगले मागेको यस्तो विवरण उम्मेदवार निर्वाचित नभएसम्म सार्वजनिक गर्ने छैन । निर्वाचित भएका उम्मेदवारको विवरण सार्वजनिक गरिनेछ भने पराजित उम्मेदवारको विवरण नष्ट गरिने समेत आयोगले प्रष्ट पारेको छ ।


    images
    images

    Logo