images
images

१८ कम्पनीको शेयर मुल्य बढ्दा २७ अंकले घट्यो नेप्से


  • 382
    SHARES
  • २०७९ श्रावण २९ गते आइतबार

    १८ कम्पनीको शेयर मुल्य बढ्दा २७ अंकले घट्यो नेप्से

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९२ अंकले घट्दा २ हजार १० दशमलव १ विन्दुमा पुगेको छ । आइतबार २ सय २७ स्पिक्रको १ अर्ब ८७ करोड रुपैयाँ बराबरको ४५ लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घट्न समेत घट्न पुगेको छ । 

    आज १८ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ६२ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । आज कारोबारमा आएका सवै उपसुचकहरु राताम्मे भएका छन् । 

    आज सवैभन्दा धेरै हिमालयन डिष्टिलरीको १६ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । स्वाबलम्ब लघुवित्तको ६ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  नबिल बैंकको ४ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ८.११ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo