images
images

'अहिल पैसा जान्छ काहाँ, अलच्छिन पस्यो कहाँबाट ?'


  • 409
    SHARES
  • २०७९ श्रावण २९ गते आइतबार

    'अहिल पैसा जान्छ काहाँ, अलच्छिन पस्यो कहाँबाट ?'

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा पैसाको कुनै कमि नभएको दाबी गरेका छन् । 

    नेपाल युवा परिषदले (साउन २७) देखि राजधानीमा आयोजना गरेको तीनदिने राष्ट्रिय युवा सम्मेलनमा बोल्दै उनले अफ्नो कार्यकालमा सबै विकासको क्षेत्रमा पैसा भएको तर अहिले जहाँ गएपनि पैसा छैन् भन्ने मात्र सुनिएको बताए । 

    उनले भने ‘अहिले सबै पैसा सकेको छ ,कही विकास गर्न पैसा छैन् । बाटो बनाउन, पुल बनाउन,ठेकदारलाई भुक्तानि दिने पैसा र्छैन यो पैसा जान्छ काहाँ , अलच्छिन पस्यो कहाँबाट ?। ’

    देश विकास गर्ने कुरामा पैसा नभएको र यो निकै नै चिन्ताको विषय भएको बताए । राजनीतिमा नाताबाद र कृपाबाद जस्ता विकृति हटाउनु पर्ने उनको भनाई छ । 

    अध्यक्ष ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । 

    उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए । आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको उनले बताए ।


    images
    images

    Logo