images
images

कालिका लघुवित्तले माग्यो ८३ जना कर्मचारी, १० पासले पनि आवेदन दिन सक्ने


  • 489
    SHARES
  • २०७९ श्रावण २९ गते आइतबार

    कालिका लघुवित्तले माग्यो ८३ जना कर्मचारी, १० पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं । कालिका लघुवित्तले ८३ जना कर्मचारी माग गरेको छ । लघुवित्तले सहायक प्रबन्धकको लागि १ जना माग गरेको छ । भने अधिकृत १ जना, सहायक २० जना र कनिष्ठ सहायक ६० जना कर्मचारी माग गरेको हाे ।

    जसमा सहायक प्रबन्धकका लागि स्नातकोत्तर पास गरी ५ वर्षको अनुभव हुनुपर्ने  छ भने अधिकृतका लागि स्नातकोत्तर पास  गरी सम्बद्ध पदको ३ वर्षको अनुभव रहेकाे हुनुपर्ने लघुवित्तले जनाएको छ । 

    त्यस्तै, सहायकका लागि १२ कक्षा पास गरेको हुनेपर्ने छ भने कनिष्ठ सहायकका लागि १० कक्षा पास गरेको हुनेपर्नेछ । उक्त पदका लागि इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ १२ गतेसम्मका आवेदन दिन सक्नेछन्।

     


    images
    images

    Logo