काठमाडौं । शेयर बजारका चर्चित लगानीकर्ता भनेर चिनिने राकेश झुनझुनवालाको निधन भएको छ । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।
दलाल स्ट्रीटको बिग बुलको रुपमा चिनिने राकेशको ६२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तस्वीर राख्दै शोक पनि व्यक्त गरेका छन् ।
हालै आकासा एयरलाइन्समा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए ।उनी पेशाले चार्टर्ड एकान्टेन्ट भएपनि १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । राकेशको सेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
उनि मृगौलाको रोग सहित विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।