काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
लघुवित्तले सर्वसाधारणका लागि कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ
जारी गरेको छ। जसमध्ये ५ हजार १ सय ५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी रहेको ३ लाख ८ हजार २ सय ९५ कित्ता शेयरका सर्वसाधारणका लागि छुट्याईएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
इच्छुक लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।



