images
images

चार सातामा मात्रै नेप्सेमा थपियाे ८ अर्ब रुपैयाँकाे शेयर


  • 923
    SHARES
  • २०७९ श्रावण २८ गते शनिबार

    चार सातामा मात्रै नेप्सेमा थपियाे ८ अर्ब रुपैयाँकाे शेयर

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा साउन महिनाको ४ साता भित्र १० कम्पनीको ८ अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरको ८ करोड १० लाख ६४ हजार ९ सय ३२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    बोनस शेयर नेप्सेमा सुचीकृत हुनेमा एनएमबी माइक्रोफाइनान्स लघुवित्त, हिमालयन बैंक, सरगरमाथा इस्योरेन्स, दुरसञ्चार कम्पनी, नयाँ सारथी लघुवित्त, गरिमा विकास बैंक, कालिका पावर कम्पनी, नेपाल इस्योरेन्स, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट, आइएमई जनरल इस्योरेन्स रहेका छन् । 

    एनएमबि लघुवित्तकाे २१.५ प्रतिशत बोनस शेयर बापतको ११ लाख ६० हजार ५ सय ८० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस शेयर बापतको २ करोड २८ लाख ४३ हजार २ सय ४८ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको हो । 

    त्यस्तै, दुरसञ्चार कम्पनीले २० प्रतिशत बोनस शेयर बापतको ३ करोड कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको हो भने सरगरमाथा इस्योरेन्सको २० प्रतिशत प्रतिशत बोनस शेयर बापतको २२ लाख २२ हजार ७ सय १५ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । 

    यसैगरि,  नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस शेयर बापतको ४ लाख ४८ हजार ४ सय १२ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ भने गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयर बापतको ६३ लाख १७ हजार ९२ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । 

    कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस शेयर बापतको ९ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो भने नेपाल इस्योरेन्स कम्पनीको ११ प्रतिशत बोनस शेयर बापतको १३ लाख ६६ हजार ५ सय ७२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    त्यस्तै, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ८ प्रतिशत बोनस शेयर बापतको १ करोड ४९ लाख ६० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो भने आइएमई जनरल इस्योरेन्सकोे ७ प्रतिशत बोनस शेयर बापत ८ लाख १० हजार ३ सय १० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको हो ।

    S.N Company Name Listing share(units) Bonus share
    1 Naya Sarathi Laghubitta Bittiya Sanstha 484412.60 19
    2 Hydroelectricity Investment and Development Company 14960000.00 8
    3 IME General Insurance Limited 810310.20 7
    4 Nepal Insurance Company Limited   1366572.42 11
    5 Kalika Power Company Limited   900000.00 15
    6 Garima Bikas Bank Limited 6317092.96 16
    7 NMB Microfinance Bittiya Sanstha Limited 1160580.37 21.5
    8 Sagarmatha Insurance Company 2222715.00 20
    9 Nepal Doorsanchar Company Limited 30000000.00 20
    10 Himalayan Bank Limited 22843248.97 21.38
      Total 81064932.52  

     

     


    images
    images

    Logo