काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३.५८ प्रतिशत अर्थात ७५.६३ अंक घटेर २ हजार ३ सय ७ दशमलव ९२ विन्दुमा बन्द भएको छ । बजार खुलेको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो।
त्यस्तै, गत साता ३० खर्ब १५ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता १ खर्ब ५ अर्ब रुपैयाँ घटेर २९ खर्ब १० अर्ब रुपैयाँमा सीमित भएको छ।
साताको पहिलो दिन आइतबार परिसूचक नेप्से १०.२७ अंक बढ्यो । सो अंकको वृद्धिपछि नेप्से २ हजार १ सय २३ अंकमा पुगेको थियो ।आइतबार २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
दोस्रो दिन सोमबार फेरि नेप्से १७.६७ अंक घटेर २ हजार १ सय ६ अंकमा झरेको थियो भने यस दिन २ अर्ब ८५ करोड भएको थियो ।मंगलबार ४३.३५ अंक भने बुधबार थप ५.११ अंक घटेपछि नेप्से २ हजार ५७ अंकमा ओर्लियो । बिहीबार १९ अंक घटेसँगै यो साता २ हजार ३७ अंकमा झरेको हो । शुक्रबार भने सार्वजनिक विदाका कारण कारोबार भएन ।
अब लाभांशको सिजन चलेको र कम्पनीहरुले चौथो त्रैमासमा नाफा बढाएका छन् भने बैंकहरुले ब्याजदर वृद्धि गरेका छैनन यस कारणले गर्दा सेयर भाउहरु निकै सस्तो भइसकेको छ ।



