images
images

अख्तियारले किन गर्यो मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु नियन्त्रणमा ?


  • 333
    SHARES
  • २०७९ श्रावण २७ गते शुक्रबार

    अख्तियारले किन गर्यो मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु नियन्त्रणमा ?

    काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरु नियन्त्रणमा लिएको हो ।

    विभिन्न विषयसँग सम्बन्धित उजुरीहरु कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको छ । विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ । 

    विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्रहरु नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए। अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उनको भनाइ थियो । 


    images
    images

    Logo