images
images

बीमाको पहुँच ४१.२० प्रतिशत जनसंख्यामा, १ खर्ब ७७ अर्बको बीमाशुल्क संकलन


  • 594
    SHARES
  • २०७९ श्रावण २७ गते शुक्रबार

    बीमाको पहुँच ४१.२० प्रतिशत जनसंख्यामा, १ खर्ब ७७ अर्बको बीमाशुल्क संकलन

    काठमाडौं । जीवन बीमाको पहुँच ४१.२० प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्म कुल जनसंख्याको ४१.२०  प्रतिशतले जीवन बीमा गरेको देखाएको हो । 

    यो सङ्ख्या म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या २७.५३ प्रतिशत रहेको थियो ।  नेपालको जनसंख्यालाई ३ करोड २ लाख मानेर उक्त पहुँचको दर गणना गरिएको हो ।

     म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ५० लाख ३६ हजार जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेख सहित भने कुल बीमितको संख्या १ करोड २४ लाख जनामा बीमाको पहुँच पुगेको छ । यो ३८.२६ प्रतिशत हो ।

    म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १६.६२ प्रतिशतले मात्रै जीबनबीमा पोलिसी किनेको बीमा समितिले जनाएको छ ।

    जेठ मसान्तसम्ममा बीमा कम्पनीले कुल १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा १६.४८ प्रतिशतले बढि हो । 


    images
    images

    Logo