images
images

एकैदिन थप ७ सय ८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


  • 408
    SHARES
  • २०७९ श्रावण २७ गते शुक्रबार

    एकैदिन थप ७ सय ८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय १२ जनामा गरिएको नमुना परीक्षणमा ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ११ जना कोरोनाबाट मुक्त भएका छन् भने नेपालमा हाल ५ हजार ७ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।  

    आज ललितपुरमा ६३, भक्तपुरमा १९ जना र काठमाडौंका २ सय १२ जना गरी उपत्यकामा कुल २ सय ९४ जना संक्रमण पाइएको छ ।


    images
    images

    Logo