images
images

सरकारले गर्योे मिटरव्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन


  • 389
    SHARES
  • २०७९ श्रावण २७ गते शुक्रबार

    सरकारले गर्योे मिटरव्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

    काठमाडौं । सरकारले मिटरव्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट सो निर्णय गरेका हुन् । 

    खाँडले सह-सचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् । समितिकाे सदस्यहरुमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य रहेका छन् । 

    त्यसैगरि गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् । कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्का रहेका छन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

    गठन भएका कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउ समेत कार्यादेश दिइएको छ ।


    images
    images

    Logo