images
images

बाग्मती प्रदेशले लाइसेन्समा आवेदन दिने संख्या बढायो


  • 472
    SHARES
  • २०७९ श्रावण २७ गते शुक्रबार

    बाग्मती प्रदेशले लाइसेन्समा आवेदन दिने संख्या बढायो

    काठमाडौं ।  बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको आवेदनको लागि कोटा थप गरेको छ । मन्त्रालयले शुक्रबार बेलका ४ बजेदेखि लागुहुनेगरि दैनिक ३ हजार ६ सय ७५ जनाले आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

    त्यस्तै, अहिलेसम्म बागमति प्रदेशमा पर्ने यातायात कार्यालयहरूकबाट दैनिक २ हजार ४ सय ६० जनाले मात्रै आवेदन दिन सक्ने व्यवस्था गरेको थियो भने आजबाट भने दैनिक ३ हजार ६ सय ७५ जनाले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको आवेदन संख्या घटाएको छ । गत असार २८ गते ४ सय ७५ जना आवेदन संख्या कायम गरेकोमा अहिले घटाएर ४ सय २५ जना कायम गरेको छ ।

    त्यस्तै, ठूलोभर्याङमा आवेदन संख्या  भने बढाएको छ । गत असार २८ गते मन्त्रालयले ४ सय ७० आवेदन संख्या कायम गरेकोमा अहिले ८ सय  जनाले आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

    भक्तपुर राधेराधेमा यसअघि ६ सय ९५ कायम गरेको थियो भने अबदेखि ९ सय ५० जना आवेदन दिन सक्ने व्यवस्था गरेको छ । त्यस्तै, चावहिमा ४ सय ७० जना रहेकोमा अहिले ८ सय जना  आवेदन दिन सक्ने व्यवस्था गरेको छ भने  हेटौंडामा ३ सय ५० जना रहेकोमा अहिले ७ सय जनाले आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

    Notice.jpg

     

     


    images
    images

    Logo