काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अगामी असोज ६ गते देखि ९ गतेसम्म इलेक्ट्रीक सवारी साधनको एक्सपो आयोजना गर्ने भएको छ ।
आज बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गने निर्णय गरेको छ । उक्त एक्सपो काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुने भएको छ । उक्त एक्सपोमा इलोक्टोनिक सवारी साधनको प्रदर्शनी हुने भएको छ ।
सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । ईभी एक्सपोको लागि आगामी भदौ १ गतेदेखि ५ गतेसम्म स्टल बुकिङ खुल्ला गर्न लागिएको जानकारी दिएका दिए ।