images
images

सुस्ताउँदै शेयर बजारकाे काराेबार


  • 314
    SHARES
  • २०७९ श्रावण २६ गते बिहीबार

    सुस्ताउँदै  शेयर बजारकाे काराेबार

    काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.०६ अंकले घटेर २ हजार ३७ दशमलव ८३ विन्दुमा झरेको छ । आज २ सय २३ स्क्रिपको १ अर्ब ७६ करोड  रुपैयाँ बराबरको ६२ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    विहीबार ३२ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ५० कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक मात्र बढेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.४६ प्रतिशत बढेको छ। 

    आज सवैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, हिमालयन डिष्टिलरीको ६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ५ करोड ४६ लाखमाथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ भने  अपर हेवाखोला हाइड्रोपावर कम्पनी ९.९८ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo