काठमाडाैं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ करोड कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
शेयर निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बुधवार रिचेत जलविद्युत कम्पनीको तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र प्रमुख – मर्चेन्ट बैंकिङ, रोश्ना मानन्धर ले हस्ताक्षर गरेका छन् ।
कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ ।



