काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन प्रहरीले २ हजार ७४१ जना सवारी चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेहरुमा लेन अनुशासन पालना नगर्ने १ सय ४९, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय १३, रेड लाइटको पालना नगर्ने १ सय २० र नम्बर प्लेट देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् ।
बाँकी २ हजार ३ सय २६ जना सवारी चालकलाई भने अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।