images
images

अमेरिकाको इन्डियाना राज्यमा विष्फोट, ३९ घर क्षतिग्रस्त


  • 521
    SHARES
  • २०७९ श्रावण २६ गते बिहीबार

    अमेरिकाको इन्डियाना राज्यमा विष्फोट, ३९ घर क्षतिग्रस्त

    काठमाडौं । अमेरिकाको इन्डियाना राज्यमा भएको  विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ३९ घर क्षतिग्रस्त भएका छन् । इभान्सभिलमा भएको घटनामा अन्य घरहरु आंशिक र पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

    घटनास्थलमा विभिन्न सुरक्षा निकायका अधिकारीहरु पुगेका छन् भने स्थानीयहरुलाई उक्त क्षेत्रबाट टाढा बस्न भनिएको छ । 
    बिष्फोट झण्डै १ सय फुटको परिधिमा भएको जनाइएको छ । के कारणले बिष्फोट भएको हो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । स्थानीय समय अनुसार दिउँसो १ बजेभन्दा पहिले बिष्फोट भएको जनाइएको छ ।

    प्रहरीले नजिकका सडकहरु बन्द गरेको छ । घटनामा तीनजना घाइते भएको बताइएपनि थप विवरण आएको छैन । विष्फोटका कारण उक्त क्षेत्रमा विद्युत आपूर्तिमा समेत अवरोध उत्पन्न भएको थियो । दिउसो ३ बजेसम्म १६२ घरमा विद्युत आपूर्तिमा अवरोध थियो भने त्यो अगाडि १ हजारसम्म घरमा अवरोध आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

     


    images
    images

    Logo