काठमाडौं । सिद्धार्थ क्यापिटलले २ म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । बुधवार बसेको क्यापिटल सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
क्यापिटलले सिद्धार्थ इक्विटी फण्डको र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को लाभाांश दिने निर्णय गरेको छ ।
सिद्धार्थ इक्विटी फण्डको इकाइधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत लाभांश दिने निर्याय गरेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइधनीहरुका लागि १० प्रतिशत लाभांश दिने निणर्य गरेको छ ।