काठमाडौं । सुनचाँदीको मुल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार १ रुपैयाँमा कारोबा भएको छ भने चाँदीको मुल्यमा ५ रुपैयाँले गिरावट आइ प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।