images
images

अन्तरिम आदेशपछि बालेनको 'आक्रोश' : नक्सापासको अधिकार सर्वोच्चलाई दिऔं


  • 672
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    अन्तरिम आदेशपछि बालेनको 'आक्रोश' : नक्सापासको अधिकार सर्वोच्चलाई दिऔं

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नक्सापास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिन माग गरेका छन् । 

    नर्भिक हस्पिटलको भवन नभत्काउन आदेश पाएसँगै मेयर शाहले नक्सा पास नगरी बनाएका संरचनाहरुलाई कारबाही गर्ने र नक्सापास गर्ने अधिकार संविधान संशोधन गरेरै भएपनि सर्वोच्च अदालतलाई दिन भनेका हुन् । 

    सोमबार महानगरपालिकाले नर्भिक हस्पिटललाई नक्सा पास नगरी बनाइएका संरचना २४ घण्टाभित्र हटाउन आदेश दिएको थियो । तर, मंगालबार महानगरपालिकाले सम्झौता गर्दै तत्काल नभत्काउन सहमति गरेको थियो । 

    संरचना भत्काउने आदेशविरुद्ध अस्पताल अदालत गएपछि बुधबार सर्वोच्चले तत्काल संरचना नभत्काउन अन्तरकालिन आदेश दिएको थियो । अब दुवै पक्षको बहसपछि अन्तरिम आदेशबारे छलफल हुनेछ । अन्तरिम आदेशमा भवन नभत्काउने आदेशले निरन्तरता पाएमा महानगरपालिकालाई भवन खाली गर्ने बाटो तत्कालका लागि बन्द हुनेछ । 


    images
    images

    Logo