काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बिहिवार बैंकको १७ लाख ४१ हजार ८ सय ८४ इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले गत चैतमा सो ऋणपत्र बिक्री खुला गरेको थियो । सोही ऋणपत्र अहिले नेप्सेमा सूचीकृत भएको हो । उक्त ऋणपत्रमा वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ ।