काठमाडौं । १० कित्ता भन्दा कम शेयर (अडलट) किनबेच नगर्न नेप्सेको निर्देशन दिएको छ । नेप्सेले ब्रोकरहरुलाई अनलाइन वा अफलाइन दुवै प्रणालीमार्फत् यस्तो कारोबार नगर्न निर्देशन दिएको हो ।
अहिले १०० रुपैयाँ अंकित मूल्य भएको शेयर प्रतिपटक १० कित्ता भन्दा कम कारोबार भएमा त्यसलाई अडलट मानिन्छ । १० रुपैयाँ अंकित मूल्य भएको शेयरहरु १०० रुपैयाँ तथा १००० रुपैयाँ अंकित मूल्य भएको शेयर १ कित्ताभन्दा कम कारोबार भएमा त्यसलाई अडलट कारोबार मानिन्छ ।