images
images

लागु औषध गाँजा जस्तो देखिने पदार्थ १० किलोसहित एक जना पक्राउ 


  • 502
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    लागु औषध गाँजा जस्तो देखिने पदार्थ १० किलोसहित एक जना पक्राउ 

    काठमाडौं । प्रहरीले लागु औषध गाँजा जस्तो देखिने पदार्थ १० किलोसहित एक जना पक्राउ गरेको छ । धादिङबाट काठमाण्डौतर्फ आउँदै गरेको बा ८० प १०३३ नम्बरको मोटरसाइकलमा नागढुङ्गाबाट खटिएको प्रहरीले चेक जाँच गर्दा जेब्रा झोलाभित्र लुकाई छिपाई लिई आएको अबस्थामा पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा २० बर्षीय तेज तामाङ रहेका छन् ।  प्रतिबन्धित लागु औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेकोले गाँजा बरामद गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    तामाङमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन–७ को म्याद थप अनुमति प्राप्‍त भई प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

     


    images
    images

    Logo