images
images

बालाजुको जुत्ता कारखानामा आगलागी


  • 369
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    बालाजुको जुत्ता कारखानामा आगलागी

    काठमाडौं । काठमाडौंको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भइरहेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो ।

    जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए । 

    अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ । यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo