images
images

नेपाल प्रहरीका ८ जना डीएसपीको काज सरुवा, को कहाँ पुगे ? 


  • 514
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    नेपाल प्रहरीका ८ जना डीएसपीको काज सरुवा, को कहाँ पुगे ? 

    काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार सरुवा तथा पदस्थापन भएका समेत गरी ८ डीएसपीको काज सरुवा गरेको हो । 

    सरुवा सूचीअनुसार बिजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय चितवनमा खटाइएको छ भने गोविन्द पन्थीलाई काठमाडौं उपत्यका अपराध अनुसान्धान कार्यालयमा काज खटाइएको छ । 

    त्यस्तै, बिजय श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा काज सरुवा गरिएको छ भने रेशम बोहरालाई ईलाका प्रहरी कार्यालय बनेपामा खटाइएको छ ।यसैगरि होमबहादुर थापालाई नेपाल प्रहरी प्रधान कार्यालय सुपरिपेक्षण तथा अनुगमन शाखा नक्सालमा काजमा सुुरुवा गराइएको छ । 

    त्यस्तै, डीएसपी अन्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, गौरव महतलाई नेपाल प्रहरी प्रधान कार्यालय सुपरिपेक्षण तथा अनुगमन शाखा, नक्सालमा  काज खराइएको छ भने छिरिङ किप्पा लामा नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेप्ठ नागरिक सेवा निर्देशालयमा काज सरुवा गराइएको छ । 

    298190963_621782335940210_3390573626642898684_n1660104326.jpg

     

     


     


    images
    images

    Logo