images
images

बस्तीमा बाढी पसेपछि भक्तपुरको १०० घर प्रभावित


  • 397
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    बस्तीमा बाढी पसेपछि भक्तपुरको १०० घर प्रभावित

    काठमाडौं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि बाढीले करिब १०० घर प्रभावित भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मंगलबार रात बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको र बाढीले करिब १ सय घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । 


    चाँगुनारायण नगरपालिका–४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ, भने वडानम्बर १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरा डुबानमा परेको र त्यहाँबाट चार जना नगरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै, मध्यपुर ठिमी नगरपालिका–२ मनोहरा खोला किनारमा रहेको कृषि फर्म समेत डुवानमा परेको छ । 


    images
    images

    Logo