images
images

ज्येष्ठ नागरिकलाई दशैं मनाउन ललितपुर महानगरले १० हजार दिने


  • 947
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    ज्येष्ठ नागरिकलाई दशैं मनाउन ललितपुर महानगरले १० हजार दिने

    ललितपुर । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले  १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । 

    उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ । उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौँ ।”

    महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई ५ हजार दिने गरेकामा यस वर्ष ५ हजार थप गरी १० हजार दिने भएको महर्जनले जानकारी गराए। ललितपुर महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ ।
     
    यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उहाँहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले सुनाए । 


    images
    images

    Logo