images
images

मिस्ट्रीखोलाको आम्दानीले माउन्टेन इनर्जीको नाफामा छलाङ, लाभांश क्षमता ५१.३७ प्रतिशत


  • 597
    SHARES
  • २०७९ श्रावण २४ गते मंगलबार

    मिस्ट्रीखोलाको आम्दानीले माउन्टेन इनर्जीको नाफामा छलाङ, लाभांश क्षमता ५१.३७ प्रतिशत

    काठमाडौं । मिस्ट्रीखोलाको आम्दानीका कारण माउन्टेन इनर्जी नेपालले नाफामा छलाङ मारेको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा ६१ करोड ११ लाख रुपैयाँ रहेको छ । यो गत बर्षको तुलनामा यो ६ सय १५ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीको नाफा ८ करोड ५४ लाख रुपैयाँ रहेको थियो । 

    कम्पनीले प्रवर्द्धन गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजनाले गत २०७८ असार २३ गतेदेखि बिजुली बेच्न थालेको थियो । अघिल्लो वर्ष झण्डै ७ दिनमात्रै बिजुली उत्पादन गरेको र वर्षाको समय भएका कारण प्रतियुनिट आम्दानी पनि कम भएको अवस्थामा आयोजनाको आम्दानीले खासै प्रभाव पार्न सकेको थिएन ।

    यो वर्ष मात्रै कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ । यसमध्ये मिस्ट्रीखोलाबाट १ अर्ब ७ करोड र २०६९ सालदेखि नै सञ्चालन हुँदै आएको ५ मेगावाटको मेवाखोलाबाट १५ कराेड ६६ लाख रुपैयाँको आम्दानी प्राप्त भएको छ । 

    यो आम्दानीसँगै कम्पनीसँगको वितरणयोग्य नाफा १ अर्ब १ करोड रुपैयाँ पुगको छ । यो सञ्चित नाफाले १ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजीलाई  ५१.३७ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता राख्छ । 

    कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ३१.०५ रुपैयाँ रहेको रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १ सय ५१ दशमलव ३९ रुपैयाँ रहेको छ ।


    images
    images

    Logo