काठमाढौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ । २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले मर्जर पश्चात कम्पनीको पहिलो कारोबारको लागि ५ सय १० रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । हिमालयन एभरेष्टले साउन १ गतेदेखि नै एकिकृत कारोबार गर्दै आएको छ ।