images
images

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए ११ कित्ता ?


  • 321
    SHARES
  • २०७९ श्रावण २४ गते मंगलबार

    सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए ११ कित्ता ?

    काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । सो आईपीओ मंगलवार कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

    क्यापिटलका अनुसार उक्त आईपीओमा कुल १४ लाख १३ हजार ५ सय ७२ आवेदन परेको थियो। जसमध्ये १४ लाख १२ हजार ४ सय ६८ आवेदन मात्रै स्वीकृत भएका छन्। कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण गरिएको छ। यस अनुसार ६७ हजार ५८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने भाग्यमानी ६ जनाले ११ कित्ताका दरले शेयर पाएकाे कम्पनीले जनाएको छ।

    कम्पनीले साउन १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्काशनमा गरेको थियो। जसमध्ये ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने १४ हजार ४ सय २१ कित्ता कर्मचारीको लागि छुट्याइएर बाँकी रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ता शेयर आज बाँडफाँट गरिएको हो ।


    images
    images

    Logo