images
images

नबिलसँग मर्जरपछि तात्कालिन एनबी बैंकका ऋणीको ब्याजदर सस्तियो


  • 561
    SHARES
  • २०७९ श्रावण २४ गते मंगलबार

    नबिलसँग मर्जरपछि तात्कालिन एनबी बैंकका ऋणीको ब्याजदर सस्तियो

    काठमाडौं । बैंकहरु मर्जरमा गएर ग्राहकलाई के फाइदा हुन्छ ? प्रश्नको उत्तर सहज छैन । मर्जरमा जाँदा शेयरधनीहरुले लाभ र हानीको हिसाबकिताब गर्ने गरे पनि ग्राहकमा भने यसको खासै उत्साह हुँदैन । 

    सामान्यतया ठूलो मात्रामा ऋण लिने संस्थाको हकमा सहवित्तीयकरणमा जानु नपर्ने अवस्थालाई नै मर्जरको सबैभन्दा महत्वपूर्ण लाभको रुपमा हेरिन्छ । तर, नबिल र नेपाल बंगलादेश बैंकको मर्जरपछि बंगलादेश बैंकका ऋणीले भने ब्याज सहुलियत पाएका छन् । 

    बैंकहरुले प्रत्येक ३/३ महिनामा वित्तीय विवरण प्रकाशित गर्छन् । सोही विवरणमा आधारित आधार दर (बेसरेस) मा तोकिएको प्रिमियम थप गरेपछि बैंकका ऋणीहरुको ब्याजदर तय हुन्छ ।

    चैत मसान्तमा नेपाल बंगलादेश बैंकको यस्तो आधारदर ९.१० प्रतिशत थियो । सो बैंकका ऋणीहरुले सोही दरमा आधारित भएर ब्याज तिर्थे । पछिल्लो ३ महिनामा यो थप वृद्धि भएको थियो । 

    नबिल बैंकसँग मर्जर भएपछि बंगलादेश बैंकका ग्राहकहरु स्वत: नबिल बैंकका ग्राहक भएका छन् । यस्तो अवस्थामा नबिल बैंककै आधारदर अनुसार उनीहरुको ब्याजदर निर्धारण हुन्छ । अहिले नबिल बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । यो दरले बंगलादेश बैंकबाट ऋण लिएकाको ब्याजदर अब ०.३३ प्रतिशत विन्दुले घट्नेछ । 

    यो अवधिमा सबैजसो बैंकहरुको आधारदर बढेको छ । स्थिर ब्याजदरमा आधारित कर्जा बाहेक आधारदर बढे अनुसार ऋणी ग्राहकको ब्याज लागत समेत बढेको छ ।  


    images
    images

    Logo