images
images

सान्जेन जलविद्युत कम्पनीको आईपीओ भदौ ५ गतेदेखि


  • 2.6K
    SHARES
  • २०७९ श्रावण २४ गते मंगलबार

    सान्जेन जलविद्युत कम्पनीको आईपीओ भदौ ५ गतेदेखि

    काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओ भदौ ५ गतेदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि साे आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको ३६ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको छ। सो शेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    निष्काशन गरिएको कुल शेयरमध्ये अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने भएको छ। यस्तो निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा असोज ४ गते हुनेछ।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ७ सय कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्।

     

     


    images
    images

    Logo