images
images

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते


  • 396
    SHARES
  • २०७९ श्रावण २३ गते सोमबार

    डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

    काठमाडौं । साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 
     
    डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 
     
    डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफैँ अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिँदै उहाँले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिँदा सामान्य क्षति भएको बताए । 
     
    बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । साँझ ६ बजे घाइतेको अवस्था बुझ्न डा इवामुरा मेमोरियल अस्पताल पुग्नुभएका वडाध्यक्ष बस्नेतले घाइते १४ जनामध्ये एक जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा र ४ जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए । 
     
    उनले घाइतेमध्ये इवामुरा अस्पतालबाट ५ जना र मध्यपुर अस्पतालबाट ४ जनाको उपचारपछि घर पठाइएको जानकारी दिए । उनका अनुसार उपचाररत तेको अवस्था गम्भीर भने नरहेको चिकित्सकले जानकारी दिएका छन् ।


    images
    images

    Logo