images
images

हुण्डीमार्फत कारोबार गर्ने ४ जनाविरुद्ध मुद्दा दायर,  ६९ लाख ९९ हजार बिगो दाबी


  • 469
    SHARES
  • २०७९ श्रावण २३ गते सोमबार

    हुण्डीमार्फत कारोबार गर्ने ४ जनाविरुद्ध मुद्दा दायर,  ६९ लाख ९९ हजार बिगो दाबी

    काठमाडौं । राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ४ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध आज मुद्दा दायर गरिएको हो ।

    विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वित्त बालाजुको संयुक्त टोलीले नवराज ढुंगानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको हाे । 

    बरामद भएको रकमबारे थप अनुसन्धान गर्दा रकम अवैध हुन्डी कारोबारबाट आएको भेटिएको विभागले जनाएको छ । ढुंगानाबाट बरामद भएको रकमबारे अनुसन्धान गर्दै जाँदा अरु ३ जनाकाे संलग्नता रहेको पाइएको हो । विभागकाअनुसार ४ जनालाई ६९ लाख ९९ हजार बिगो र सोही बराबर जरिवाना माग दाबी गरिएको छ ।

     


    images
    images

    Logo