काठमाडौं । शेयर बजार सोमबार फेरी गिरावट आएको छ । गत सातादेखि घटेको शेयर बजार आइतबार सामान्य अंकले बढेर सुधारको बाटो देखिएको थियो । यो सोमबार टिक्न सकेन भने आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १७.६७ अंकले घटेर २ हजार १ सय ६ दशमलव १६ को विन्दुमा पुगेको छ ।
सोमाबार २ सय १४ स्क्रिपको २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको शेयर काराबार हुँदा ६५ लाख २७ हजार कित्ता शेयर किनबेच भएको छ । दैनिक कारोबार रकम खुम्चिरहँदा सूचक पनि तल झर्न थालेको छ । यतिमात्र होइन नभएर बैंक तथा वित्तीय संस्थाहरुकोे लाभांश सिजन सुरु हुन लाग्दैछ ।
आज ५० कम्पनीको शेयर मुल्य बढेको छ। १ सय २३ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर आएको छ । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको हो भने म्युचुअल फण्डको ०.२७ प्रतिशत बढेको हो।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नविल बैंकको १० करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको ८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड ६५ लाखमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।



