काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्ने सक्ने भएको छ । गत आइतबार नगरापलिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेसगैँ नगरपालिकाले कर आइएमई पे बाट भुक्तानी गर्ने मिल्ने भएको हो । आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तानी गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा नगरपालिकाले शुरु गरेको हो । यसका साथै विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राहीहरुलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवद्र्घन गर्न लागि पर्नु पर्ने बताएका छन् ।
यस्तै, झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।



