images
images

असमान तलव वृद्धिका कारण नासुले गरे आन्दोलन, मंगलबार देशैभरका नासु विदामा बस्ने


  • 668
    SHARES
  • २०७९ श्रावण २३ गते सोमबार

    असमान तलव वृद्धिका कारण नासुले गरे आन्दोलन, मंगलबार देशैभरका नासु विदामा बस्ने

    काठमाडौं । नायव सुब्बाहरुले असमान तलव वृद्धिका कारण आन्दोलमा उत्रिएका छन् । यसका साथै उनीहरु मंगलबार विदामा बस्ने भएका हुन् ।  तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

    आज उनीहरुले सिंहदरबारमा पेन डाउन समेत गरेका छन् भने उनीहरु भोलीदेखि विदामा बस्ने भएका हुन् । बजेटमा अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशत तलब वृद्धि गर्ने भनिए थियो । सरकारले अहिले उच्च तहका कर्मचारीहरुका तलवमा २० देखि २६ प्रतिशत तलवमा बृद्धि समेत गरेको छ ।

    अर्थमन्त्रालयले बजेटमा भनेजति वृद्धि नगरेको भनेर कर्मचारीहरु सोमबार आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले भनेजस्तो नभए मंगलबारबाट देशभरिकै सबै नासुहरु समेत विदामा बस्ने निर्णय समेत गरेका छन् । 


    images
    images

    Logo