काठमाडौं । सुनचाँदीको मुल्यमा स्थिर आएको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्यमा आज कुनै घटबढ नभइ सोही मुल्यमा कारोबार भएको महासंले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा पनि कुनै घटबढ नभइ सोही मुल्य प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।