images
images

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ


  • 521
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

    काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका– ९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेतका भाइ युवराज बस्नेतसहित ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

    उक्त घरमा युवराजले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

     


    images
    images

    Logo