काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी आइसोलेसनमा बसेका छन् । कोभिडको आशंकापछि उनी कार्यालय नआएका हुन् ।
राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले गभर्नर अधिकारी आज राष्ट्र बैंक नआएको बताए । ‘गभर्नरसाबको स्वास्थ्यमा समस्या देखिएकोले उहाँ आज आउनुभएन, कोभिड हो कि भन्ने आशंका छ,’ उनले भने ।
कोरोना महामारीको चौथो लहरसँगै यतिबेला कोरोना संक्रमणको दर बढ्दै गएको छ । आइतबार मात्रै ५ सय जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।