images
images

एक हप्तामा १७ हजार सवारी चालक कारबाहीमा


  • 612
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    एक हप्तामा १७ हजार सवारी चालक कारबाहीमा

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा १ हप्तामा १७ हजार ४ सय ९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी  चालक छन् । यही साउन १५ देखि २१ गतेसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या १ हजार ७४ छ । 

    ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने सवारी चालकको वर्गीकरण गर्दै सूची बनाउने गरेको छ । मापसे गरी सवारी साधन चलाउने १ हजार ७४, लेन मिच्ने ६ सय ५९, रेड लाइटमा सवारी चलाउने ५ सय ७४, जथाभावी रुपमा नम्बर प्लेट बनाउने २ सय ४२ र अन्य गरी १४ हजार ९ सय ४४ चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    तथ्याङ्क अनुसार शुक्रबार मादकपदार्थ सेवन गरी सवारी साधन चलाउनेको सङ्ख्या सबैभन्दा बढी छ भने सोमबार सबैभन्दा कम छ ।  शुक्रबार मादकपदार्थ सेवन गरी सवारी चलाउने २ सय ३२ तथा सोमबार १ सय १५ चालक रहेका छन् ।


    images
    images

    Logo